थप ९३७ जना संक्रमणमुक्त, ९ जनाको मृत्यु
- वर्ल्ड दैनिक
- १ साल अघि
- २५२ पटक पढिएको

पछिल्लो २४ घण्टामा थप ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ५९१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६९७ जनाको परीक्षण गर्दा सो व्यक्तिहरुलाई संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार हाल संक्रमणमुक्तहुने दर ९७.१ % रहेको छ । त्यस्तै सोहि अवधिमा कोरोनाका कारण ९ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ । आज २७ हजार ७०१ जनाले कोरोना विरुद्दको खोप लगाएका छन् ।
त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ८७४ जना रहेका छन् । जसमध्ये १० हजार ८४४ जना होमआइसोलेसनमा, १ हजार २७ जना सस्थागत आइसोलेसनमा २८० जना आईसीयू र ९९ जना भेन्टिलेटरमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस