सिन्धुपाल्चोकमा आज चारपटक भूकम्प मापन
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३४६ पटक पढिएको

सिन्धुपाल्चोकमा सोमबार चारपटक भूकम्प मापन गरिएको छ गएको छ । एकैदिन चारओटा पराकम्प गएको र चार वटै ४ म्याग्निच्युट भन्दा बढी भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हो ।
सुरुमा सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युटका १:४६ बजे र १:५६ बजे धक्का महसुस गरिएको थियो ।
त्यस्तै सिन्धुपाल्चोककै हगाम क्षेत्रलाई केन्द्रविन्दु बनाएर ३:२० बजे (४.१ म्याग्निच्युट) र ३:२३ बजे (४ म्याग्निच्युट) दुई पराकम्प महसुस गरिएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस