राष्ट्रिय क्रिकेटमा मुख्य प्रशिक्षक लागि आवेदन खुला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०१ पटक पढिएको

 

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलिको मुख्य प्रशिक्षक पदका लागि आवेदन खुला गरेको छ । डेभ वाटमोरले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएपछि हाल यो पद रिक्त छ । सोमबार क्यानले नेपाली राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो ।

अस्ट्रेलियाली प्रशिक्षक डेभ ह्वाटमोरले गत भदौ ११ गते राजीनामा दिएका थिए । 

इच्छुक प्रक्षिकले अक्टोबर ३१ सम्म आवेदन दिइसक्नुपर्नेछ । क्यानले मुख्य प्रशिक्षक हुनका लागि ईसीबी वा सीए लेभल थ्री तालिमप्राप्त वा सो समानको योग्यता हुनुपर्ने बताएको छ । त्यस्तै आईसीसी पूर्ण सदस्य, फस्ट क्लास टिम वा एसोसियट सदस्य राष्ट्रका लागि कम्तीमा ५ वर्ष प्रशिक्षण गरेको अनुभव पनि हुनुपर्ने जनाएको छ । 

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित