Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

नेपाललाई ३ गोलले हराउदै साफ च्याम्पियन बने भारत

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८१ पटक पढिएको

माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको फाइनल खेलमा भारतले जित हासिल गरेको छ । माल्दिभ्सको मालेस्थि राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा भारतले नेपाललाई ३-०  गोलले हराएको हो ।

नेपाल साफ च्याम्पियनसीपको इतिहासमै पहिलो पटक फाइनलमा पुगेको थियो । नेपालले निकै बलियो टिम मानिएको भारतलाई हराउन भने सकेन ।

नेपालले साफमा खेलेको चार खेलमध्ये २ खेलमा जित हालि गरेको थियो भने एक खेल बराबरीमा रोकिएको थियो । नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै नेपाल फाइनल प्रवेश गरेको थियो । उता भारत भने २ खेलमा बराबरी र २ खेलमा जित निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित