चौथो पटक आईपीएल च्याम्पियन बने चेन्नई

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • १९४ पटक पढिएको

ईन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जित्दै चौथो पटक चेन्नई सुपर किङ्स च्याम्पियन बनेको छ । दुबईमा शुक्रबार राति भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गरे संगै चेन्नई च्याम्पियन बनेको हो ।

चेन्नईका लागि सार्दुल ठाकुरले ३ विकेट लिए भने रविन्द्र जडेजा र जोश हाजलउडले २र२ हात पारेका थिए । यस्तै दिपक चाहर र ड्वाने ब्राभोले १र१ विकेट लिए । त्यस्तै  फाप डु प्लेसिसले ८३, मोइन अलिले अविजित ३७ , रुतुराज गायकवाडले ३२ र रोबिन उथप्पाले ३१ रन बनाएका थिए । कोलकाताले सुनिल नारिनले २ तथा शिबम माभीले १ विकेट लिएका थिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९२ रन बनाएको थियो । योसँगै तेस्रो पटक उपाधि जित्ने कोलकाताको सपना अधुरो भएको छ । 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित