थप ७७७ जना कोरोना संक्रमणमुक्त, ८ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ५०१ पटक पढिएको

 

पछिल्लो २४ घण्टामा थप ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २७२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४० र एन्टिजेन विधिबाट ३२  जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८ जनाको मृत्यु भएको छ । हाल नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार २७७ पुगेको छ । आज कसैले पनि कोरोन विरुद्दको खोप नलगाएको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ जना रहेका छन् । जसमध्ये १२ हजार २५० जना होमआइसोलेसनमा, १ हजार ५८ जना सस्थागत आइसोलेसनमा र ३०७  जना आईसीयू र १०१ जना भेन्टिलेटरमा रहेका छन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित