Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

ताइवानको एक भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १६१ पटक पढिएको

 

ताइवानको १३ मंजिला टावर ब्लकमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ भने दर्जनौं गम्भीर घाइते भएका  छन् । बिहीबार बिहान आगलागी भएको ठाउँमा आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा भन्दा बढी समय लागेको त्यहाँको स्थानीय दमकल विभागले जनाएको छ ।

विभागले ७९ घाइतेलाई अस्पताल लगिएकोमा १४ जना गम्भीर अवस्थामा रहेको बिबिसीलाई जनाएको छ । आगलागीको कारण अहिले सम्म खुल्न नसकेको बताइएको छ । 

स्थानीय बासिन्दाहरुले आगो लाग्नु भन्दा पहिला कुनै बिस्फोट भएको जस्तै ठूलो आवाज आएको त्यहाँको सञ्चारमाध्यमहरुलाई बताएका छन् । प्रहरीहरूले भवनको सातौं र ११ औं तलाको बीचमा अझै पनि मानिसहरु फसेको हुन सक्ने अनुमान गरेको बिबिसीले जनाएको छ । तस्बिर : इपीए 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित