Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

विश्व च्याम्पियन एग्नेस तिरोप मृत फेला

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५८ पटक पढिएको

 

दुईपटकको विश्व च्याम्पियन कांस्य पदक विजेता केन्याकी खेलाडी एग्नेस तिरोप मृत भेटिएकी छन् । २५ वर्षीया धावक तिरोप आफ्नै निवासमा छुरा हानेको अवस्थामा मृत भेटिएकी हुन् । 

केन्याको नैरोबीस्थित एथलेटिक्स केन्याका अध्यक्ष बर्नाबा कोरिरले दुखद् समाचार भन्दै इटेन इल्गेओ काउन्टीमा उनको मृत्युको पुष्टि गरेका छन् । 

तिरोपले गत महिना मात्र जर्मनीमा १० किलोमिटरको विश्व कीर्तिमान बनाएकी थिइन् । विश्व कीर्तिमान बनाउन पाएकोमा उनले खुसी व्यक्त गर्दै भनेकी थिइन्, ‘गति कठिन थियो तर विश्व कीर्तिमान तोड्दा म धेरै खुसी छु।’ त्यस्तै उनले सन् २०१७ र २०१९ को ५ हजार कि मिको विश्व च्याम्पियनशिपमा कांस्य पदक जितेकी थिइन् ।

हत्यामा उनको पूर्व प्रेमीको हात रहेको आशंका गरिएको छ । उनको मृत्युबारे केन्याको प्रहरीबाट कुनै प्रतिक्रिया सार्वजनिक भइसकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित