Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

नौ सय १० जना संक्रमणमुक्त, १४ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६५ पटक पढिएको

 

पछिल्लो २४ घन्टामा देशभर ९ सय १० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् भने थप ७ सय ९२ जनामा संक्रमण देखिएको छ । त्यस्तै सोहि अवधिमा नेपालमा थप १४ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ६ सय १९ जनाको परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित थपिएका हुन् । ७ हजार ६० जनाको पिसिआर र २ हजार ५ सय ५९ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । तीमध्ये ६ सय ९१ जनामा पिसिआर र एक सय एकजनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ५ सय ५४ रहेको छ । त्यस्तै आज दिनभर नेपालमा ६९ हजार आठ सय २४ जनाले कोभिड– १९ को खोप लगाएकाे मन्त्रालयले उल्लेख गरेको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित