सन् २०२२ को फिफा विश्वकपमा छनाेट हुने पहिलो टोलि बने जर्मनी

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३१० पटक पढिएको

 

युराेपियन राष्ट्र जर्मनी कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपमा छनाेट भएकाे छ । जर्मनी आगामी विश्वकपमा छनाेट हुने पहिलाे टोलि हो । यो संगै जर्मनी २० औं पटक विश्वकपमा छनाेट भएकाे छ ।

विश्वकपको युरोपियन छनोट अन्तर्गत गएराति भएकाे खेलमा  नर्थ म्यासेडोनियालाई ४–० गोल अन्तरले पराजित गर्दै जर्मनी दुई खेल अगावै विश्वकपका लागि छनोट भएको हो ।

जर्मनीका लागि टिमाे वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एक-एक गाेल गरेका थिए । समूह जे मा जर्मनीकाे ८ खेलबाट २१ अंक भएपछि शीर्ष स्थानमा रहेको छ । 

जर्मनी चारपटक विश्वविजेता बनिसकेका छन्। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित