आईसीसी प्लेयर अफ दी मन्थ बने सन्दीप
- वर्ल्ड दैनिक
- २ साल अघि
- १४२ पटक पढिएको

सन्दीप लामिछाने र इङ्ल्याण्डकी हिथर नाइट आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भोटिङका आधारमा उनीहरुलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।
यसै वर्ष भएका पपुवा न्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शन र कौशलका कारण सन्दिप उत्कृष्ट खेलाडी बनेका हुन् । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ ब्याटर जसकरण मलहोत्रा पनि परेका थिए । उनले पपुवा न्यूगिनीविरुद्ध ४ र ३५ र ६ र ११ तथा ओमानविरुद्ध ४ र१८ को उत्कृष्ट बलिङ गरेका थिए ।
त्यस्तै इङ्ल्याण्डकी नाइट संगै अरु दुई खेलाडी चार्ली डिन र साउथ अफ्रिकी खेलाडी लिजेले ली पनि नोमिनेसनमा थिए । घरेलु मैदानमा न्युजिल्याण्डविरुद्धको खेलमा नाइटको प्रदर्शन नै निर्णायक मानिएको थियो । त्यसबेला उनी २१४ रन बनाउनुका साथै तीन विकेट लिन सफल भएकी थिइन् ।