Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

दशैं बिदामा घुम्न घान्द्रुक जाँदै गरेको बोलेरो दुर्घटना हुँदा ८ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २५५ पटक पढिएको

 

कास्कीको घान्द्रुकमा बोलेरो दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । काठमान्डूबाट घान्द्रुक जाँदै गरेको ग‍.१ज ६९०० नम्बरको बोलेरो कास्कीको अन्नपूर्ण गाउँपालिका-१० हुदुको भीरमा दुर्घटना भएको हो । 

प्रहरीका अनुसार, भीरको बाटोमा बोलेरो अनियन्त्रित हुँदा दुर्घटना भएको हो। उनीहरू काठमान्डूबाट दशैं बिदामा घुम्न घान्द्रुक जाँदै थिए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा काठमान्डू महानगरपालिका-३ गोंगबुका १८ वर्षीय जिनलब घिसिङ, २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अच्युतम काफ्ले, १८ वर्षीय आशिष आले र २७ वर्षीय विनय क्षेत्रीको मृत्यु भएको छ।

त्यस्तै, बोलेरो चालक कास्कीको अन्नपूर्ण गाउँपालिका-५ का ४२ वर्षीय खुशीमान क्षेत्रीको पनि दुर्घटनामा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा काठमान्डू महानगरपालिका-३ गोंगबुका २० वर्षीय देवी घिसिङ घाइते भएका छन् । उनी भीरमा अड्किएका र प्रहरी र स्थानीयले  उद्धार गरेका बताइएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित