रुसमा विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु

  • वर्ल्ड दैनिक
  • १ साल अघि
  • ३०८ पटक पढिएको

 

रुसको क्षेत्र टाटरस्तानमा प्यारासुट जम्पर समूह चढेको विमान दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । 

मेन्जेलिन्स्की शहर नजिकै खसेको विमानमा २० प्याराशुटिस्ट र दुई चालक दलका सदस्यहरु सवार रहेको जनाईएको छ ।  

त्यहाँका स्वास्थ्य  मन्त्रालयले घाइते ६ जनाको अवस्था गम्भीर भएको जनाएको छ । अन्तराष्ट्रिय संचार माध्यमका अनुअसार दुर्घटनामा परेको विमान एल–४१० टुर्बोलेट हो ।

पछिल्ला केही वर्षमा रुसमा हवाई सुरक्षाको मापदण्ड सुधार गरिए पनि दुर्घटना हुने क्रम नरोकिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।  गत महिना पनि रुसको सुदुर पूर्वमा एन–२६ विमान दुर्घटना भएको थियो ।

 

तस्बिर:रोयटर्स 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित