हत्याको मुद्दामा भारतको गृह राज्यमन्त्रीको छोरा पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १०१ पटक पढिएको

 

भारतमा केन्द्रीय गृह राज्यमन्त्री अजय मिश्राका छोरा आशिष मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । तिकुनिया कैलाली जिल्लाको सीमावर्ती क्षेत्र हो। उत्तर प्रदेशको लखिमपुर खिरी जिल्लाको तिकुनियामा आफ्ना बुवालाई कालो झन्डा देखाउन खोज्ने किसानलाई उनले गाडीले किचेर मारेको बताइएको छ । 

सोहि आरोपमा उनलाई पक्राउ गरिएको बिबिसी हिन्दीले जनाएको छ । उनलाई हत्या, हत्याको योजना बनाएको लगायत विषयमा मुद्दा दर्ता गरिएको बताईएको छ। शनिबार लगभग १२ घन्टा सोधपुछ गरेपछि मिश्रालाई पक्राउ गरिएको उत्तर प्रदेशका डिआइजीले जानकारी दिएका छन् । 

प्रहरीले सोधपुछ गर्दा मिश्राले जवाफ दिन आनाकानी गरेको र अनुसन्धानमा असहयोग गरेको भन्दै उनलाई हिरासतमा लिइएको बिबिसी हिन्दिले उल्लेख गरेको छ ।  

गत १७ गते धर्नामा बसेका किसानहरू संग झडप हुँदा ८ जनाको मृत्यु भएको थियो । आशिष मिश्राले धर्नामा बसेका प्रदर्शनकारीहरु माथि आफ्नो कार कुदाएपछि चार जना र सोहि हिंसा भड्किँदा थप चार जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा चार जना किसान दुई बीजेपि कार्यकर्ता र दुई ड्राइभर रहेको बिबिसी हिन्दीले जनाएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित