Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

न्याय माग्न नेपालगञ्जबाट काठमाण्डू हिडेर आएका १४ जना पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३२२ पटक पढिएको

न्याय माग्नको लागि नेपालगञ्जबाट २० दिन पैदल हिडेर काठमाण्डू आइपुगेका पीडित र महिला अधिकारकर्मीको टोलीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले निषेधित क्षेत्रमा बसेको भन्दै पक्राउ उनीहरुलाई शुक्रबार साझ पक्राउ गरेको हो ।

उनीहरूले माइतीघर मण्डलामा रिले अनशन सुरु गरेका थिए । न्यायका लागि पैदल मार्चका सहभागीलाई ओत लाग्न बृहत नागरिक आन्दोलनले उपलब्ध पाल र लत्ताकपडासमेत प्रहरीले उठाएर लगेकाे जनाएका छन् । प्रहरीले उनीहरूलाई पक्राउ सुरक्षाका लागि नियन्त्रणमा राखेको बताएको छ ।   

घरेलु हिंसा र शंकास्पद महिला मृत्युबारे अनुसन्धान नभएको भन्दै न्याय माग्न गत असोज १ गते उनीहरु नेपालगञ्जबाट हिडेर आएका थुए । बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी रूपले अनुसन्धान नगरेको भन्दै र करिब १४ जनाको टोली न्याय माग्दै नेपालगञ्जबाट हिँडेरै काठमाण्डू आइपुगेका थिए । केन्द्र सरकारले पिडितलाई न्याय दिनुपर्ने उनीहरुको माग छ। उनीहरुको टोलीमा २३ वर्षदेखि ४५ वर्ष उमेरसम्मका ११ जना महिला र ३ जना पुरुष गरी १४ जना सहभागी छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित