नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने विश्व बैंकको अनुमान

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४८ पटक पढिएको

 

विश्व बैंकले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाउदै  चालु आ.व २०७८/७९ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १.८ प्रतिशतले वृद्धिदर बढ्ने विश्व बैंकले अनुमान गरेको हो ।

विशेषगरी कोभिड–१९ विरुद्धको खोपको प्रयोगका कारण वैदेशिक रोजगारी र पर्यटन क्षेत्रमा सुधार देखिन थालेकोले नेपालको अर्थतन्त्र सुधारको अवस्थामा रहेको विश्व बैंकले जनाएको छ । आ.व २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक रहेको थियो भने गत आर्थिक वर्षमा १.८ प्रतिशत मात्र वृद्धिदर भएको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले हालै प्रकाशित गरेको ‘साउथ एशिया इकोनोमिक फोकस’ प्रतिवेदनले २०२१ जुलाईदेखि २०२२ जुलाई सम्मको अवधिमा नेपालले स्थिर बजार मूल्यमा आधारित (वास्तविक कुल गार्हस्थ उत्पादन) आर्थिक वृद्धि हासिल गर्ने जनाएको हो ।

चालु आर्थिक वर्षको बजेटबाट नेपाल सरकारले भने ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित