सामुदायिक वन व्यबस्थापन: ४४ हजार हेक्टर भन्दा बढी क्षेत्र कबुलियती वन समूहमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३१ पटक पढिएको

 

वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार कबुलियती वन समूहहरुले नेपालको ४४ हजार हेक्टर भन्दा बढी राष्ट्रिय वन क्षेत्र व्यबस्थापन गरिरहेका छन् । प्रतिवेदन अनुसार ४४,०२७.८३ हेक्टर वन क्षेत्र कबुलियती वन समूहहरुले व्यवस्थापन गरिरहेका पाईएको हो । 

त्यसैगरि आ.व २०७५/७६ सम्ममा ७ हजार ६ सय ७ वटा कबुलियती वन समूहरु दर्ता भएका छन् । कबुलियती वन समुहले ०.०४ % हेक्टर देखि ९९.५ % हेक्टर सम्मको वन क्षेत्र व्यवस्थापन गरिरहेका प्रतिवेदनमा उल्लेख छ । कबुलियती वन समुहहरु सात वटै प्रदेशका ४४ जिल्ला तथा ४६ डिभिजन वन कार्यालय अन्तर्गत २७४ स्थानीय तहहरुमा रहेका छन् ।  

सबै भन्दा बढी कबुलियती वन क्षेत्र बागमती प्रदेशमा ३७.७९ % हेक्टर र सबै भन्दा कम प्रदेश २ मा ०.५३ % हेक्टर रहेको छ । त्यसैगरी चितवन जिल्लाको इच्छा कामना गाउँपालिकामा सबै भन्दा बढी २२९ वटा कबुलियती वन समूह रहेका छन् । 

कबुलियती वन( गरिबीको रेखामुनीका लागि)  

गरिबीको रेखामुनी रहेका उपभोक्ताहरुले समूह गठन गरि सम्बन्धित डिभिजन वन कार्यालयमा समुह दर्ता गराउन सक्दछन् ।  यसरि दर्ता भएको समूहलाई सम्बन्धित डिभिजन वन कार्यालयले समूहको कार्ययोजना वमोजिमको कार्य गर्न राष्ट्रिय वनको कुनै भाग हस्तान्तरण गर्ने गर्दछन् । समूहले वनको संरक्षण र विकास समेत हुने गरि स्वीकृत कार्ययोजनाको अधिनमा रही गरिबी न्यूनीकरणका लागि आयआर्जन हुने क्रियाकलापहरु संचालन गर्दछन् । 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित