यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार विजेताहरु

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१५ पटक पढिएको

 

यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार डेभिड जुलियस र अर्डम पाटापोटियनलाई संयुक्तरूपमा दिने भएको छ ।  स्नायु प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्ने कुरा पत्ता लगाएकोमा उनीहरूलाई नाबेल पुरस्कार दिने घोषणा गरेको नोबेल एसेम्बलीले जनाएको हो ।

नोबेल पुरस्कारको घोषणा स्टकहोल्मस्थित कारोलिस्का इन्स्टिच्युटमा हिजो गरिएको हो । उनीहरुले शरीरले कसरी स्पर्ष थाहा पाउँछ र स्नायु प्रणालीमा सञ्चार गर्छ भन्ने महत्वपूर्ण विषयमा सफल खोज गरेका थिए । 

नोबेल एसेम्बलीका अनुसार ‘मानिसको तातो, चिसो र स्पर्श थाहा पाउने क्षमता जीवनयापनको लागि निकै महत्वपूर्ण छ । हामीले दैनिक जीवनमा यसलाई हल्कारुपमा लिन्छौं तर हाम्रो स्नायु प्रणालीले तापक्रम र दबाब थाहा पाउने काम कसरी सुरु गर्छ त ? यो प्रश्नको उत्तर यस वर्षको नोबेल पुरस्कार विजेताले दिएका छन्’।

जुलियसले खुर्सानी खाँदा किन पोलेको महसुस हुन्छ, भन्ने पत्ता लगाएका थिए भने पाटापौटियनको अध्ययनले फरक खालका तर कुनै भौतिक दबाव वा स्पर्शले सक्रिय हुने कोषको अंश पत्ता लगाएका थिए ।

क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक जुलियस अमेरिकी नागरिक हुन् भने पाटापौटियन लेबनानका नागरिक हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित