छ घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गले गुमाए ६ बिलियन डलर
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३४८ पटक पढिएको
फेसबुकका सह–संस्थापक तथा मुख्य कार्यकारी अधिकारी मार्क जुकरबर्गलाई ६ बिलियन डलरको नोक्सानी भएको छ । नेपाली समयानुसार सोमबार राती करिब १० बजेतिर संसारभरी फेसबुकका सबै सेवा डाउन भए सँगै उनलाई भारी नोक्सानी हुन पुगेको हो ।

यससँगै उनी अर्बपतिको सूचीबाट दुई स्थान तल झरेका अन्तरास्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका हुन् । फेसबुकका विभिन्न सेवाका साथै इन्स्टाग्राम, ह्वाट्सएप, अमेरिकी टेलिकम कम्पनीहरु करिब ६ घण्टा सम्म डाउन भएका थिए ।
डाउनडिटेक्टरका अनुसार यो अहिलेसम्मकै ठूलो असफलता हो । विश्वभरबाट १०.६ बिलियन समस्याहरू रिपोर्ट भएको डाउनडिटेक्टरले जनाएको छ ।
ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशतले घटेको छ । मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।
यता फेसबुकले भने त्यसलाई नेटवर्किङसम्बन्धी समस्या बताउँदै माफी मागेको छ ।