Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

इन्टरनेटको तार नकाटिने सहमति

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८१ पटक पढिएको

नेपाल विद्युत् प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणबीच ईन्टरनेटको तार नकाट्ने सहमति बनेको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले अबदेखि तार नकाट्ने र पोल भाडासँग सम्बन्धित विषयलाई छलफलबाटै टुङ्गो लगाउने सहमति गरेको हो ।

लामो समयदेखि पोल भाडाबापतको बक्यौता नतिरेको र तोकिएको समयमा पनि भाडा नवीकरण गर्न नआएको भन्दै प्राधिकरणले शनिबारदेखि इन्टरनेट तथा केबल टेलिभिजनको तार काट्न सुरु गरेको थियो । यसरी केबल काट्दा प्रयोगकर्ता मारमा परेको भन्दै अबदेखि नकाट्ने सहमति भएको जानकारी गरेको छ ।

आइतबारको बैठकले पोल भाडाका सन्दर्भमा नयाँ व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा सिफारिस समितिसमेत गठन गर्ने निर्णय गरेको छ । 

विद्युत् प्राधिकरणले इन्टरनेट तथा केबल टेलिभिजन सेवा प्रदायकले लामो समयदेखि आफ्नो पोल प्रयोग गरे पनि त्यसबापत तोकिएको भाडा नबुझाएपछि चेतावनीस्वरूप शनिबार देशका विभिन्न ठाउँमा केवल काटेको थियो । यता सेवा प्रदायकरू भने नवीकरणका लागि तोकिएको नयाँ पोलभाडा अहिलेको तुलनामा सात गुणासम्म बढी भएको भन्दै सम्झौता नगर्ने अडानमा थिए । प्राधिकरणले असोज १५ सम्म मिति तोकेर उक्त अवधिसम्म सम्झौता नगरे तार काटिने सूचना सार्वजनिक गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित