राष्ट्र बैंक :केराउ, सुपारी, छोकडा र मरिचको आयातमा रोक

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१५ पटक पढिएको

 

सरकारले केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा रोक लगाएको छ । नेपाल राष्ट्र बैंकले १७ गते सूचना निकाल्दै यी वस्तुको आयातमा रोक लगाएको हो । 

राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म सिपमेन्ट भइसकेका माथि उल्लेखित वस्तु आयात गर्न मिल्ने तर, असार मसान्तभित्र सिपमेन्ट नभएका, एलसी नखोलिएको अवस्थामा आयात गर्न दिइनेछैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोध तथा २०७७ चैत ९ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम आयातमा रोक लगाएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित