अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १५१ पटक पढिएको

 

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बनेकी छन् । अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो । आज बिहान अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन् । 

अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो । क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए । अध्यक्ष सिंह अखिल क्रान्तिकारीको उपाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (माओबादि )केन्द्र कर्णाली प्रदेशका सदस्य समेत हुन् । नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरु आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए । 

अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्दसत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ। अखिल क्रान्तिकारीको बिहीबारदेखि शुरु भएको २२ औँ राष्ट्रिय सम्मेलनले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी साङ्गठनिक प्रस्ताव गरेको थियो ।

 

तस्बिर: पञ्चा सिंहको फेसबुकबाट 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित