मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न रोक
- वर्ल्ड दैनिक
- १ साल अघि
- ३४७ पटक पढिएको

उपत्यकामा मास्क नलगाउने यात्रुलाई सार्वजनिक सवारी साधनमा यात्रा गर्न रोक लगाएका छन् । उपत्यकाको भीडभाडलाई मध्यनजर गरी सवारी साधन सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागु गरिएको बताईएको छ ।काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले शुक्रबार बिहानदेखि लागू हुने गरी उक्त निर्णय गरेको हो ।
सोअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्य रूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई सवारी साधनमा प्रवेश रोक लगाउन, चालक सहचालकले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउन, सवारी साधनको ढोकामा अनिवार्य रूपमा स्यानिटाइजर राख्न, सवारी साधनलाई अनिवार्य रूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ। आजदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ।
यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र सवारी साधनको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ । सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ। उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ।
स्थानीय ढुवानी बिहान १:०० देखि ११:०० र अपराह्न ४:०० देखि ७:०० बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १:०० देखि बिहान ५:०० बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ ।