आज देखि काठमाण्डूमा भीडभाड गर्न नपाईने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८८ पटक पढिएको

 

कोरोना भाइरस (कोभिड-१९) संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाण्डूले आजदेखि  जिल्लामा भीडभाड, सभाजुलुस, जात्रा, महोत्सव र भोजमा रोक लगाएको छ । अर्को आदेश जारी नहुँदासम्म सो नियम लागु हुने  जिप्रकाले जनाएको हो । 

प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले जारी गरेको आदेशमा घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोज आदि गर्न नपाउने भनिएको छ । 

 

""

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित