मुख्यमन्त्रीको कार्यालयमा अख्तियारको छापा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २०५ पटक पढिएको

 

प्रदेश नं. २ का मुख्यमन्त्रीको कार्यालयमा अख्तियारले छापा मारेको छ । जनकपुस्थित मुख्यमन्त्रीको कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज दिउँसो छापा मारेको हो । 

बर्दिबासबाट गएको आयोगले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको बताईएको छ । 

प्रदेश–२ सरकारले  ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि ११ करोड १७ हजार मूल्यमा किनेको साइकलमा अनियमितताको आशंका गर्दै त्यससम्बन्धी कागजात नियन्त्रणमा लिएको बताईएको छ ।  

२०७६ असार १६ गते मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई साइकल वितरण गर्ने निर्णय गरी ९ करोड ८४ लाख १८ हजार मूल्यका १४ हजार थान साइकल २६२ विद्यालयका प्रधानाध्यापक वा विद्यालयका प्रतिनिधिलाई ८ कक्षामा पढ्ने छात्रा संख्याको आधारमा उपलब्ध गराएको थियो।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित