रास्ट्रपतिद्वारा दल विभाजन सहज बनाउन ल्याइएको अध्यादेश खारेज

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १९२ पटक पढिएको

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज गरेकी छिन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार खारेज गरेकी हुन् । मन्त्रिपरिषद्ले सोमबार अध्यादेश खारेजीका लागि सिफारिस गरेको थियो ।

गत भदौ १ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश सिफारिस गरेको थियो ।

त्यसकै भोलिपल्ट भदौ २ मा राष्ट्रपतिले अध्यादेश जारी पनि गरेकी थिइन् । अध्यादेश जारी गरेलगत्तै नेकपा एमाले फुटेर माधवकुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो ।

""

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित