Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

ढलमा खसेर बेपत्ता भएका बालकको शव भेटियो

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३३४ पटक पढिएको

 

गत मंगलबार काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ। ललितपुर र मकवानपुरको सीमा क्षेत्र बागमती गाउँपालिका-१, घुसेलमा शव भेटिएको ललितपुर प्रहरीले जनाएको हो । 

मंगलबार साँझ घर जाँदै गरेका उज्ज्व ढलमा खसेका थिए। प्रहरीले पाँच दिनपछि शव भेटाएको हो । स्थानीयले शव बागमती नदी किनारमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको पहिचान गरेको हो। 

पोस्टमार्टमका लागि शव पाटन अस्‍पताल पठाईएको प्रहरीले जनाएको छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित