देशभर करिब ८ हजार पत्रपत्रिका दर्ता

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३१६ पटक पढिएको

 

देशभर दर्ता भएका सबै प्रकारका पत्रपत्रिकाको सङ्ख्या करिब ८  हजार पुगेको छ। प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको प्रतिवेदनको दर्ता अभिलेख अनुसार २०७७/७८ सम्ममा देशभर ७ हजार ८७४ पत्रपत्रिका रहेको पाईएको हो । काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन समेत गर्ने संस्था हो । 

अन्लाईन मिडिया 

उक्त आर्थिक वर्षसम्म देशभर दुई हजार ७६० अनलाइन मिडिया काउन्सिलमा सूचीकरण भएका विवरणमा छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि ६ सय २२ अनलाइन सञ्चारमाध्यम सूचीकरण भएका छन् । 

पत्रपत्रिका 

त्यसैगरि प्रतिवेदनमा ३९ अर्धसाप्ताहिक, २ हजार ९ सय ५६ साप्ताहिक, ४ सय ७६ पाक्षिक, २ हजार ३ सय ४७ मासिक , ३ सय ८४ द्वैमासिक, ६ सय ५० त्रैमासिक, ३९ चौमासिक, ८७ अर्धवार्षिक  र वार्षिक रुपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको  छ । देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको छ ।

प्रदेश अनुसार दर्ता स्थिति

त्यस्तै प्रादेशिक रुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश पहिलो स्थानमा छ । बागमती प्रदेशमा २ हजार ६५७ पत्रपत्रिका दर्ता छ । सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला भने काठमाण्डू हो । मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् । आर्थिक वर्ष २०७७/७८ सम्ममा काठमाण्डू जिल्लामा २ हजार अखबार दर्ता छन् । काठमाण्डूपछि पत्रपत्रिका  धेरै दर्ता भएको जिल्ला पर्सा हो । 

दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र  प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनमा प्रभाव परेको तथ्याङ्कले देखाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित