Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

चन्द्रमामा पानी र बरफ खोज्ने नासाको तयारी

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २१० पटक पढिएको

 

नासाले चन्द्रमामा पानी र बरफ खोज्न एउटा गुड्ने रोबट पठाउने भएको छ ।  यसले पृथ्वीको एक मात्र उपग्रहमा दीर्घकालीन रूपमा मानवीय उपस्थितिका लागि ढोका खोल्ने विज्ञानिकहरुको विश्लेषण छ ।

उक्त रोबट चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा ज्वालामुखी पर्वतको मुख नोबल क्रेटरको पश्चिमी किनारामा उत्रनेछ जनाईएको छ । गल्फ खेलमा प्रयोग हुने गाडी जत्रै रहेको बताईएको उक्त रोबट सन् २०२३ मा ७३ किलोमिटर फराकिलो क्षेत्रमा अवतरण गर्ने बिबिसीले जनाएको हो । भाइपर मिसन नाम दिइएको उक्त मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्ने बताईएको छ । उक्त बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिने बताईएको छ ।

क्यालिफोर्नियास्थित नासाको एम्स रिसर्च सेन्टरमा भाइपरको परियोजना प्रबन्धक ड्यानिअल एन्ड्र्यु मिसनले चन्द्रमाको बरफलाई निकाल्न कति सजिलो वा अप्ठ्यारो हुनेछ भन्ने बुझ्न सहयोग गर्ने बताएका छन् ।

चन्द्रमाका ध्रुवीय क्रेटरहरूमा अर्बौँ टन बरफ रहेको विभिन्न प्रमाणहरूले देखाए सँगै त्यहाँ कहिल्य पनि सूर्यको प्रकाश पुग्न नसकिने वैज्ञानिकहरुए जनाएको छ । त्यस क्षेत्रको तापक्रम माइनस २२३ डिग्री सेल्सिअससम्म छ।

स्थायी रूपमा छायामा रहने र धेरै चिसो वातावरण हुने भएकाले ती क्षेत्रमा ठूलो मात्रामा जमेको बरफ रहेको वैज्ञानिकहरुको विश्वास छ । 

 

 

तस्बिर: नासा 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित