मन्त्रिपरिषदको निर्णय : राजनीतिक नियुक्तिमार्फत् राजदूत भएका सबैलाई फिर्ता बोलाईने

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ११९ पटक पढिएको

 

सरकारले राजनीतिक नियुक्तिमार्फत् राजदूत भएका सबैलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र कार्कीले मन्त्रिपरिषद्को निर्णय पत्रकारहरूलाई सुनाउदै उक्त जानकारी दिएका हुन् । 

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राजनीतिक नियुक्तिमार्फत् राजदूत बनेकाहरू सबैलाई फिर्ता बोलाउने निर्णय भएको बताएका छन्  । 

मन्त्रिपरिषदको उक्त निर्णयसँगै फिर्ता हुने राजदूतहरुमा भारतका लागि नीलाम्बर आचार्य, चीनका महेन्द्रबहादुर पाण्डे, अमेरिकाका डा. युवराज खतिवडा, बेलायतका लोकदर्शन रेग्मी, बंगलादेशका वंशीधर मिश्र, ओमानकी शर्मिला पराजुली, जापानकी प्रतिभा राणा, मलेसियाका उदयराज पाण्डे, इजरायलका अन्जान शाक्य, कतारका नारद भारद्वाज, स्पेनकी आङफुटि शेर्पा र दक्षिण अफ्रिका निर्मलकुमार रहेका छन् ।

यी राजदूतमध्ये जापानका लागि नेपाली राजदूत राणा र ओमानकी राजदूत पराजुलीबाहेक अरुलाई यसभन्दा अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित