उपल्लो मुस्ताङमा भेटियो ‘ठेउवा’ प्रजातिको चरा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ६६४ पटक पढिएको

 

नेपालका उपल्लो मुस्ताङमा पहिलोपटक दुर्लभ मानिएको ‘ठेउवा’ प्रजातिको नयाँ चरा भेटिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण क्षेत्र कार्यालय लोमान्थाङले युरोपियन रोलर’ अथवा ‘युरोसियन रोलर’ नाम गरेको सो प्रजाति नेपालमै पहिलोपटक उपल्लो मुस्ताङबाट अभिलेख गरिएको हो ।

लोमान्थाङ नजिककै केकीघांङ क्षेत्रमा इलाका संरक्षण कार्यालय’ लोमान्थाङका कर्मचारी तथा स्थानीय पर्यटन व्यवसायी रामबहादुर गुरुङले दुई साताअघिनै सो प्रजातिको चराका तस्वीर कैद गरेको न्युजकारखानाले जनाएको छ । 

पर्यटनकर्मी गुरुङ उक्त प्रजातिको चरा ‘युरोपियन रोलर’ नै हो भन्ने विश्वस्त थिए । चरा अवलोकनमा रुचि राखेर नियमित चरा अवलोकन गर्ने गरेका गुरुङले सो चरा नेपालमा पहिलो पटक अभिलेख गर्न पाउँदा खुशी समेत व्यक्त गरेका छन् । गुरुङले कैद गरेका तस्वीरहरू शुरूआतमा नेपालमा पाइने ठेउवा हो कि भन्ने आकलन गरिए पनि सो तस्वीरको पहिचानका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ‘इलाका संरक्षण कार्यालय’ मा पठाईएको थियो । 

त्यसैगरी चराको थप पहिचानको पुष्टि गर्न नेपाल र बाहिरका चरा विज्ञहरूलाई चराको विभिन्न तस्बिर पठाईएको थियो । बेलायती चराविद् क्यारोल इन्स्किप, टिम इन्स्किप तथा नेपालका चराविद्हरू डा. हेमसागर बराल, सोम जिसी, सञ्जीव आचार्यलगायतले चरा ‘युरोपियन रोलर’ नै भएको दाबी गरेका हुन्र । उक्त चरा हालसम्म नेपालमा अभिलेख नभएको चराविद्हरूको भनाई छ । 

वरिष्ठ चराविज्ञ डा. हेमसागर बरालले न्युज कारखाना सँग कुरा गर्दै यो चरा नेपालमा पाइन सक्छ भनेर यसमा रुचि राख्ने विज्ञहरूले तराई क्षेत्रमा निकै खोज गरेको बताएका छन् । अन्ततः चरा उपल्लो मुस्ताङमा भेटी संगै यो चरा नेपालमा पहिलो पटक अभिलेख भएको उनको भनाई छ ।  

थप नयाँ प्रजाति मुस्ताङमा भेटिएसँगै अन्नपूर्ण क्षेत्रमा पाइने चराको संख्या पाँच सय १९ पुगेको छ । 

 

 

तस्वीर : रामबहादुर गुरुङ (लोमान्थाङ) 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित