नाराबाजीबीच विनियोजन बजेट पारित

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १४० पटक पढिएको

 

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीबीच प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०७८ (बजेट) बहुमतले पारित भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेकाे बजेट पारित गरियोस् भन्ने प्रस्ताव बैठकबाट बहुमतले पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले बजेट बहुमतले पारित भएको घोषणा गरेका हुन् ।

अर्थमन्त्री शर्माले आज भएको छलफलका क्रममा प्रतिस्थापन विधेयकमा अध्यादेशमा भएका तीन प्रतिशत कुराहरूमात्र फेरबदल गरिएको पनि बताएका छन् । तत्कालीन केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले भदौ २५ गते प्रतिस्थापन विधेयक ल्याएको थियो । अर्थमन्त्री शर्माले उक्त बैठकमा चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको प्रतिस्थापन विधेयक पेश गरेका थिए । जसमा चालू खर्च १० प्रतिशतले कटौती गरिएको र आन्तरिक ऋण ३७ अर्ब घटाइएको छ ।

यस अघि सरकारले ल्याएको अध्यादेशको समय ३० भदौमा सकिएको थियो । बजेट पारित नहुँदा भदौदेखि ३१ सरकारी खर्च रोकिएको थियो।   अब राष्ट्रिय सभाले पनि उक्त बजेट  पारित गर्नु पर्ने हुन्छ।  त्यस पश्चात राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ । रास्ट्रपतिले प्रमाणीकरण गरे पछि बजेट कार्वान्यन हुन्छ । 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित