नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो
- वर्ल्ड दैनिक
- २ साल अघि
- १६० पटक पढिएको
नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयले आज सम्म जारी गरेको तथ्यांक अनुसार नेपालमा कुल ११ हजार १२ जना संक्रमितको मृत्यु भएको हो ।

कोभिड-१९ संक्रमणबाट भएको कूल मृत्युमध्ये सबै भन्दा बढी ७० वर्ष देखि ७९ वर्ष सम्मका १९.७ प्रतिशत, ८० वर्ष माथिका १३.२ प्रतिशत रहेको छ । त्यस्तै सबै भन्दा कम मृत्यु हुनेमा ९ वर्ष सम्मका बालबालिका रहेका छन् । जुन ०.४ प्रतिशत रहेको छ । त्यस पछि, कम मृत्यु हुनेमा १० देखि १९ वर्षसम्मका ०.५ प्रतिशत रहेका छन् । मृत्यु हुनेमा काठमाडौं उपत्यकामा २९.१ प्रतिशत रहेका छन् ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालमा संक्रमित हुनेको संख्या ७ लाख ८३ हजार ७५ पुगेको छ भने हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ रहेको छ । हालसम्म देशभर ४० लाख ७७ हजार २५६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५ हजार ४९७ रहेको मन्त्रालयले जनाएको छ ।