चीनको सबैभन्दा लामो अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री फर्किए

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३५४ पटक पढिएको

चीनको सबैभन्दा लामो मानव सहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रबार स्थानीय समयानुसार दिउँसो १:३५ भित्री मंगोलियाको गोबी मरुभूमिमा अवतरण गरेका हुन् । उनीहरु सोही मरुभूमिबाट गत जुन १७ मा अन्तरिक्षयान उडेको बताईएको छ । 

उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका बिबिसीले जनाएको छ । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएका चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक हो ।

चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको बिबिसीले उल्लेख गरेको छ ।

अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्ष यात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म "अन्तरिक्षमा हिँड्ने" काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ । ग्लोबल टाइम्सले उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकल युक्त व्यायाम शाला भएको जानकारी दिएको छ ।

तस्बिर : गेटी ईमेज 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित