Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

नेपालमा आइपुग्यो पहिलो निजी कार्गो रेल

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • १८८ पटक पढिएको

 

नेपाल–भारत रेल सेवा सुरुआतको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल  नेपाल आइपुगेको छ । भारतको हल्दियाबाट सो रेल बुधबार विहान १०:१५ बजे वीरगञ्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो ।

यस अघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा निजी क्षेत्रको पहिलोपटक नेपाल भित्रिएको हो । 

भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सभ्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको बताईएको छ । त्यस्तै हाललाई निजी क्षेत्रले हप्तामा दुई दिन सेवा प्रदान गर्ने बताईएको छ । 

२०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपाललमा सेवा दिंदै आएको थियो । 

 

तस्बिर: गोरखापत्र 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित