उत्तर कोरियाले दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरिया सेनाको दाबी
- वर्ल्ड दैनिक
- २ साल अघि
- २०३ पटक पढिएको

उत्तर कोरियाले आफ्नो नयाँ मिसाइल परीक्षण गरेको दुई दिन पछि दुईवटा बालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । सेनाले दक्षिण कोरियाली र अमेरिकी गुप्तचर अधिकारीहरुले उक्त प्रक्षेपणहरुको बारेमा थप विवरणहरुको विश्लेषण गरिरहेका बताएका छन् । दक्षिण कोरियाले उत्तर कोरिया विरोधी निगरानी मुद्दा बढाएको समेत उनुहरुको भनाई छ ।
यस संगै जापानको कोस्ट गार्डले दुबै क्षेप्यास्त्र जापान र कोरियाली प्रायद्वीपको बीचको पानीमाको क्षेत्र बाहिर अवतरण गरेको पुष्टि गरेको छ । उक्त क्षेप्यास्त्र ले अहिले सम्म कुनै पनि जहाज वा विमानलाई क्षति नभएको समेत उनीहरुले जनाएको छ ।
सोमबार मात्र उत्तर कोरियाले जापानसम्म प्रहार गर्न सक्ने लामो दुरीको क्रुज मिसाइल परीक्षण गरेको थियो । विज्ञहरूले क्रुज मिसाइलले परमाणु हतियार बोक्न सक्ने बताएका छन् । बालिस्टिक मिसाइलले ठूलो मात्रामा विस्फोटक पदार्थ बोक्न सक्ने भएकाले त्यसलाई घातक मानिन्छ । यसले तीव्र गतिमा लामो दुरीसम्म प्रहार गर्न सक्छ ।
उत्तर कोरियाली लेखा अनुसार मिसाइल १,५०० किलोमिटर (९३० माइल) उडेको थियो । जुन दूरी जापान र अमेरिकी सैन्य प्रतिष्ठानहरु सम्म पुग्न सक्षम छ ।
तस्बिर: एपी