Advertisement
SKIP THIS
Advertisement
SKIP THIS

शब्द हरू काे जन्मकथा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २६७ पटक पढिएको

मुकुन्द शरण उपाध्याय

शब्द हरू काे जन्म सँग गजब गजब का कथा जाेडिएका हुन्छन् । कुनै शब्द ले संस्कृति बाेकेका हुन्छन् त कुनै ले महत्त्व पूर्ण घटना वा इतिहास । शब्द हरू काे आआफ्नाे डीएनए पनि हुन्छ । एस कारण भाषामर्मज्ञ हरू शब्द का हरेक ध्वनि वा वर्ण काे शुद्धता अर्थात् डीएनए अखण्डनीय र संरक्षणीय हुन्छ भन्छन्। प्राचीन ऋषि हरू ले त अशुद्ध शब्द लाई त वाग्वज्र नै भनेका छन् । वास्तव मा शुद्ध शब्द हरू काे सहायता ले ठूला ठूला समस्या काे हल पनि हुन्छ र गम्भीर रहस्य पनि उद्घाटित हुन्छन्। एसर्थ शब्द लाई हल्का पारा ले लिन हुँदैन । अस्तु,

………….

शब्दशक्ति काे एस प्रसंग मा आज मँ ‘ घाघरा ‘ र ‘ साकेत ‘ शब्द सँग जाेडिएकाे एउटा प्राचीन कथा लाई सम्झने प्रयास गर्छू । ‘ घाघरा ‘ एउटा प्रसिद्ध नदी काे नाम हाे । याे नदी अहिले हिन्दुस्थान मा बग्दछ । तर एसकाे मुहान आज पनि नेपाल काे महाकाली र कर्णाली नै हाे । ई दुई नदी फरक फरक ठाउँ बाट जब नेपाल काे सीमा काटेर इण्डिया मा पस्दछन् परदेश मा भेटिएका दुई नेपाली झैं एक आपस मा अंकमाल गर्छन् र एकाकार बन्छन् । केही समय इनकाे नाम शारदा वा कर्णाली नै रहन्छ तर कालान्तर मा साकेतवन मा घटित भएकाे एउटा हृदय छुने घटना ले याे एकीभूत जलप्रवाह ‘ गर्गरा ‘ नाम मा परिवर्तित हुन्छ र पछि तेही गर्गरा ‘ घाघरा ‘ मा परिणत हुन पुग्छ ।

………….

एस्ताे घटना कसरी हुन पुग्याे भने प्राचीन समय मा ‘ साकेत वन ‘ भन्ने एउटा राम्राे तपाेवन थियाे । वन मा अनेक थरी फलफूल र कन्दमूल पाइने हुनाले त्याहाँ कुटिया बनाएर एकान्त साधना गर्ने ऋषि र साधु सन्त का केत (कुटिया) हरू बन्न थाले । तेसरी केत अर्थात् कुटिया हरू भएकाे त्याे तपाेवन ‘ आ समन्तात् केताः यत्र ‘ भन्ने अर्थ मा ‘ साकेत ‘ भनिन थाल्याे । यहाँ स्मरणीय के पनि छ भने संस्कृत मा अति सामान्य कुटिया लाई ‘केत ‘ अल्लि राम्राे कुटिया लाई ‘केतन’ र अझै राम्राे कुटिया लाई ‘निकेतन’ भनिन्थ्याे । संस्कृत भाषा कति अद्भुत छ भने याहाँ शब्द काे सानाे भन्दा सानाे अंश मा पनि कुनै विशेष तात्पर्य भेट्न सकिन्छ ।

………….

हाे, एही साकेत वन मा त्रेता युग मा अयाेध्या का राजकुमार राम आफ्ना बुवा दशरथ काे आज्ञा अनुसार १४ वर्षीय वनवास काे क्रम मा पत्नी सीता र भाई लक्ष्मण सहित पुगेका थिए र केही अवधि का लागि कुटिया बनाएरै बसेका थिए । श्रीराम त्याहाँ तपस्वी हरू काे संगत गर्ने र उनीहरू काे सेवा गर्ने इच्छा ले गएका थिए । सम्भवतः उनी अयाेध्या बाट उत्तर पश्चिम तर्फ का तपाेवन हरू काे भ्रमण का क्रम मा त्याहाँ आइपुगेका थिए र उनले केही वर्षै त्याहाँ बिताएका पनि थिए ।

………….

श्रीराम काे याे सानाे परिवार त्याे चाैधवर्षे वनवास काे क्रम मा जहाँ जहाँ पुग्थ्याे तहीँ माटा का भाँडा ले काम चलाउने गर्थ्याे । माटा कै तसला, माटा कै गाग्री र माटा कै डेक्ची । थाल र कचाैरा भने टपरी र बाेहता हुन्थे। एसरी चल्थ्याे राम परिवार काे वन्य जीवन । स्थानीय ऋषि हरू पनि तेसै गर्थे, अथवा ऋषि हरू बाटै रामपरिवार ले याे कुरा सिकेकाे हुन सक्छ। एसरी आफ्नाे दैनिकी चलाउँदै साकेत वन मा तपाेमय जीवन बिताउन पुगेका थिए वनवासी राजकुमार राम ले। उता अयाेध्यापुरी काे नन्दीग्राम मा पनि ठीक एही शैली अपनाएर दाई राम काे स्वदेशागमन लाई पर्खिरहेका थिए उनका भाई भरत ले ।

………….

तर साकेतवन मा बस्ती साह्रै पातलाे हुनाले त्याहाँ सम्म माटा का भाँडा बाेकेर कुमाले हरू आउन्नथे, एसर्थ वनवासी हरू ले कुनै नयाँ भाँडाे चाहियाे भने तपाेवन बाट धेरै टाढा पुगेर ल्याउनु पर्थ्याे । राम परिवार मा पनि एक पटक तेस्तै समस्या पर्याे र लक्ष्मण ले सुदूर गाउँ मा गएर नयाँ ‘ गर्गर ‘ ल्याए । ‘ गर्गर ‘ अर्थात् माटा काे गाग्राे। तेस ‘ गर्गर ‘ मा कुटिया बाट नदी मा पुगेर पानी ल्याउने काम राम वा लक्ष्मण काे हुन्थ्याे, सीता जी भाेजन तयार गर्थिन् र दूना टपरी गाँस्थिन् ।

………….

एक दिन राम र लक्ष्मण लाई कतै जाने काम पर्याे, सीता लाई कुटिया मै छाेडेर । तेस्ताे पर्दा ऋषिपत्नी हरू सीता लाई साथ दिन रामकुटिया मै आउने गर्थे । तर कुटिया मा भएकाे गर्गर मा तेस दिन पानी पर्याप्त थिएन । साथी हरू आउने दिन पिउने पानी काे कमी नहाेस् भनेर सीता स्वयं नै गर्गर लिएर नदी मा पुगिन् । नदी काे वेग तेजिलाे थियाे र साथी हरू आइपुग्नु भन्दा अगावै कुटी मा पानी पुर्याउने केही हताराे पनि थियाे सीता लाई। एसर्थ शीघ्रता पूर्वक गर्गर लाई नदी मा डुबाउने क्रम मा नदी काे वेग ले गर्दा सीता काे हात बाट गर्गर फुत्कियाे र विशाल नदी मा बगेर विलीन हुन पुग्याे । एस अप्रत्याशित घटना ले सीता साह्रै दुःखित बनिन् ।

………….

साकेत वन मा बस्दा बस्दै श्रीराम परिवार एति धेरै लाेकप्रिय भएकाे थियाे कि तपाेवन का निवासी ऋषि र ऋषिपत्नी हरू मा एस घटना ले ठूलाे चर्चा पायाे । याे चर्चा सुदूर गाउँ हरू सम्म पनि पुग्याे । सून र चाँदी का भाँडा हुने घर की छाेरी र अयाेध्या दरबार की बुहारी सीता काे कष्टमय जीवन काे विवरण ले साकेत वरपर का जनता लाई भावुक बनायाे, धेरै कुरा एस घटना सँग जाेडिएर आए । मुख्य कुरा त सीता काे सज्जनता र उनी प्रति काे गहिराे सहानुभूति ले याे घटना घर घरै चर्चित हुन गयाे।

………….

त्याे सानाे तर मार्मिक घटना ले शारदा वा कर्णाली नदी काे नामै गर्गरा नदी रहन गयाे । गर्गरा नदी अर्थात् ‘ गाग्रे खाेलाे ‘ अथवा गाग्राे खाने खाेलाे। एही गर्गरा नाम कालान्तर मा ‘ गागरा ‘ नदी मा परिणत भयाे र गर्गरा नाम का अक्षर मा भाषाविज्ञान ले पनि आफ्नाे हैकम चलाउन शुरू गर्याे ।
भाषाविज्ञान ले सर्वप्रथम क्षतिपूर्ति मा दीर्घ हुनु पर्ने नियम काे प्रयाेग गर्याे र गर्गरा लाई गागरा बनायाे । तेस पछि उसले महाप्राणीभवन काे अस्त्र प्रयाेग गर्याे र गर्गरा काे गकार लाई घकार मा परिणत गराएर ‘ घाघरा ‘ बनाइदियाे । एसरी हाम्राे शारदा वा कर्णाली नदी घाघरा मा परिणत भयाे । अनि फेरिएकाे नाम का कारण हामी मध्ये कति ले त चिन्नै नसकिने पनि बन्याे ।

………….

भाषाविज्ञान र लाेककथा मा आधारित रहेर लेखिएकाे ।

लेखक नेपाली भाषा को विश्वव्यापी एकरूपता का अभियान्ता हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित