नोबेल पुरस्कारकाे राशि
- वर्ल्ड दैनिक
- २ साल अघि
- ५६६ पटक पढिएको
नोबेल पुरस्कारको शुरुवात अविष्कारक र उद्यमी अल्फ्रेड नोबेलले गरेका हुन् । यो पुरस्कारको स्थापनाका निम्ति अल्फ्रेडले आफ्नो कमाईको धेरै हिस्सा यसकालागि छुट्याएका थिए ।

अल्फ्रेड नोबेलले डाइनामाईटको आविष्कारबाट नाम कमाएका थिए । उनले आफ्नो मृत्यु पश्चात् आफुले कमाएको ईण्भेष्टमेण्टको पैसा पुरस्कारका लागि छुट्याउनु भन्ने विचार लेखेर उनको १८९५ मा मृत्यु भयो । उनको परिवार अलफ्रेडको यस्तो चाहनाबाट चकित थिए र योे भावनाको विपरीत पनि । तर १९०१ देखि नै नोबेल पुरस्कारको स्थापना भयो ।
पुरस्कारको शुरुवात
पहिलो नोबेल पुरस्कार १९०१ मा प्रदान गरिएको थियो तर त्यो पुरस्कारको राशी १,५०,००० स्वीडिश क्रोनर थियो ।
नोबेल पुरस्कारको मध्यवर्ती वर्षहरुमा पुरस्कारको राशिमा केही हदसम्म अस्थिरता आयो । सन् १९१९ ताका नाबेल पुरस्कारको राशीमा केही गिरावट आयो र ग्रेट डिप्रेशनका बेलामा लगभग ४० वर्ष सम्म नोबेल पुरस्कारको राशीमा कुनै वृद्धि भएन ।
१९९० ताका नोबेल पुरस्कारको राशीमा निकै वृद्धि भयो र सन् २००१ मा नोबेल पुरस्कारको राशी १० मिलियन क्रोनर सम्म पुग्यो । यो राशी २०११ सम्म कायम रह्यो तर २०१२ मा नोबेल पुरस्कार कमिटिले अर्थ व्यवस्थापन गर्ने नाममा पुरस्कारको रकम २० प्रतिशत सम्म झार्यो ।
सन् २०२० मा नोबेल पुरस्कारको रकममा फेरि वृद्धि भयो र अहिले यसको पुरस्कार राशी १० मिलियन स्वीडिश क्रोनर छ जुन लगभग १.१७ मिलियन अमेरिकी डलर हुन आउँछ । अहिलेको पुरस्कार राशि नेपाली रुपियाँमा रुपान्तरण गर्ने हो भने लगभग १४ करोड रुपियाँ हुन आउँछ ।
पुरस्कारको अवस्था
नोबेल पुरस्कार अल्पे्रmड नोबेलको सम्पत्तिबाट आउँछ । सम्पत्तिको कुल पूँजी उनको निर्देशन अनुसार सुरक्षित धितोमा लगानी गरिएको छ र त्यो लगानीको ब्याजबाट पुरस्कारको पूँजीलाई व्यवस्थापन गरिएको छ ।