ऋषि कट्टेलले पाए नेकपाको आधिकारिकताः बिउँतिए पूर्व एमाले र पूर्व माओवादी: प्रचण्डसँग रहेका नेपाल र झलनाथ पूर्व एमालेमा

  • वर्ल्ड दैनिक
  • ३ साल अघि
  • १९२ पटक पढिएको

नरेश भाट

पूर्व एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०७४ सालको निर्वाचनमा चुनावी गठबन्धन गरेपछि पार्टी एकता गर्ने दुवै पार्टीका अध्यक्षहरुले निर्णय गरेका थिए । पार्टी एकतापछि पार्टीको नाम परिर्वतन गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपा राख्ने निर्णय गरेर निर्वाचन आयोगमा दर्ता गराएका थिए । पार्टी एकता पछि नेपालको कम्युनिष्ट इतिहासको शक्तिशाली सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।

पूर्व एमाले र माओवादी समूहले दर्ता गराउनु भन्दा अगाडि नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नामको पार्टी ऋषि कट्टेलको नाममा दर्ता भइसकेको थियो । ऋषि कट्टेलले निर्वाचन आयोगमा गएर नेकपा माथि दावी गरेपछि निर्वाचन आयोगले आनाकानी गर्न थालेपछि, ऋषि कट्टेलले सर्वाेच्चमा रिट दायर गरेका थिए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) २०७५ साल जेठ ३ गते तात्कालिन एमाले र माओवादी केन्द्र मिलेर गठन भएको थियो । 

झन्डै दुई तिहाइ बहुमत नजिकको सरकारको रुपमा प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गरिरहँदा आफ्नै पार्टी भित्रको अन्तरविरोधले सरकार सञ्चालन गर्न असजिलो भएपछि, प्रधानमन्त्री ओलीले २०७७ पुष ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भन्दै सर्वोच्चमा लगभग १२ वटा रिटहरु दायर भएका थिए । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा आन्तरिक रुपले दुई  फ्याक भएको थियो । प्रधानमन्त्री ओली विरुद्ध प्रचण्ड नेपाल समूहले ठूलाठूला आन्दोलन र शक्ति प्रर्दशन समेत गरेका थिए ।

प्रधानमन्त्री ओलीले गरेको प्रनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले ११ फागुनमा उल्ट्याएर संसद पुनर्स्थापित गरेको थियो । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा फैसला गरेपछि प्रचण्ड नेपालले एक अर्कालाई लड्डु खुवाई खुशी सटासटा गरेका थिए । प्रचण्ड नेपाल समूहले पार्टीको आधिकारीकता आफुले पाउनु पर्ने भन्दै निर्वाचन आयोगमा दुई तिहाई केन्द्रीय सदस्यको हस्ताक्षर सहितको पत्र बुझाएका थिए ।

प्रचण्ड नेपाल समूह र प्रधानमन्त्री ओली समूहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कोे आधिकारिकता माथि आफ्नो दावी गरिरहेका बेला सर्वोच्च अदालतमा विचाराधीन रहेको ऋषि कट्टेलको (नेकपा) माथिको दावी फागुन २३ गते ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो । सर्वोच्च अदालतको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्वतः वदर भएपछि सर्वोच्चको फैसलाले पूर्व एमाले र पूर्व माओवादी केन्द्र पुनः बिउँताई दिएको छ । नेकपा हुँदा प्रचण्ड समूहमा रहेका माधव नेपाल र झलनाथ खनाल पनि प्रचण्डलाई छोडेर पूर्व एमालेमा नै फर्केका छन् ।

पूर्व माओवादी केन्द्रका नेताहरु अहिले ओली समूहमा लागेकाहरुले पूर्व माओवादी केन्द्रलाई त्यागेर ओली समूहमा नै रहने निधो गरेका छन् । पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भने ठूलो झट्का लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित