१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४४७ पटक पढिएको

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाशलाई प्रहरीले पक्राउ गरेको छ । महेश उदाश र बालिकाबिच फ्रि फायर गेम मार्फत चिनजान भई बलात्कार सम्म कुरा पुगिसकेको प्रहरीले जनाएको छ ।

ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएकोमा जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका-८ मातातिर्थबाट फेला पारेको थियो ।

प्रहरीले थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग बिगत १ वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको तथा फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको उदाशले आश्‍वासन दिई बालिकाका भेट्न बोलाएका थिए ।

भेट्न बोलाएकै बेला चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याई चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका-६ स्थित बसुन्धरामा राखी जबरजस्ती करणी गरेको खुल्न आएको हो ।

२७ वर्षीय महेश उदाशविरुद्द जबरजस्ती करणी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट १० दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ । नेपाल प्रहरी 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित