भिभोले दुई उत्कृष्ट मोडल सार्वजनिक गर्दै

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ४२२ पटक पढिएको

भिभोले वाई सिरिज अन्तर्गत दुई उत्कृष्ट मोडल वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्ने भएको छ। भिभोको वाई ३३ एसमा ५० मेगापिक्सल मुख्य क्यामेरा छ। यसमा अल्ट्रा-क्लियर शटहरू लिन र दिन र रात फोटो खिच्नका लागि धेरै सुटिङ मोडहरू छन्। यो स्मार्टफोनमा ५,००० एमएएच क्षमताको ठूलो ब्याट्री रहेको कम्पनीले जनाएको छ । यसले सुनिश्चित गर्दछ कि प्रयोगकर्ताहरूले ब्याट्री सकिएको बारे चिन्ता नगरिकन सबै क्षणहरू खिच्न सक्छन्।

कम्पनीले वाई ०१- ५००० मेगापिक्सल को लामो समयसम्म चल्ने ब्याट्री लाइफ भएको अन-द गो जेनरेशनका लागि उत्कृष्ट स्मार्टफोन भएको दाबी गरेको छ।

यात्रा गर्न मन पराउनेहरू, धेरै भिडियोहरू वा फोटोहरू खिच्न वा घण्टासम्म गेमहरू खेल्न मन पराउनेहरूका लागि कम्पनीका अनुसार वाई ०१ उत्कृष्ट छनोट हो। फोनमा क्रिस्प र इमर्सिभ गेमिङ र सामग्री आनन्द अनुभवको लागि ६.५१ इन्च एचडी+ हेलो फुलभ्यू डिस्प्ले छ।

सुरक्षाको सन्दर्भमा यो फोन भिभोको अत्याधिक सक्षम फेस एक्सेस टेक्नोलोजीको साथ आउनेछ । यो फोन आँखा झिम्काउन सक्नेभन्दा छिटो अनलक हुन्छ ।  कम्पनीले वाई ३३ एस र वाई ०१ आशाजनक उपकरण भएको विश्वास गरेको छ। अन्नपुर्ण पोस्ट

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित