चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता
- वर्ल्ड दैनिक
- २ साल अघि
- २४९ पटक पढिएको
शुक्रबार चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच वार्ता भएको छ । दुवै पक्षका अधिकारीहरूले युक्रेन र रुसबीचको द्वन्द्वबारे भिडियो कुराकानी भएको बताएका छन्।
वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति बाइडेनलाई रुस–युक्रेन युद्ध सबैको चिन्ताको विषय भएको बताए ।
शान्ति र सुरक्षा अन्तर्राष्ट्रिय समुदायमा सबैको चासोको विषय भएकाले दुई देशबीचको युद्धलाई साझा चासोको विषयका रूपमा दुवै पक्षले छलफल गरेका छन् ।
उनीहरूले रुस-युक्रेन मुद्दा बाहेक अन्य विषयमा पनि छलफल गरेको सरकारी अधिकारीहरूले बताएका छन्। दुवै पक्षले हालको वार्ता अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि सहयोगी रहेको बताएका छन् ।
यसभन्दा पहिले गत नोभेम्बरमा उनिहरुबिच वार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस