अमेरिकी एयर फोर्सको कार्गो जहाज काठमाडौंमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ३५६ पटक पढिएको

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज शुक्रबार बिहान आएर फर्किएको छ । काठमाडौंमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियोले तहल्का मच्चिएको छ। कार्गोको फोटो राखेर सामाजिक सञ्जालमा चर्चा गर्न सुरू भएको छ ।

शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको विमानस्थल स्रोतले जनाएको छ । आज आएको जहाजले सधैं झैं कूटनीतिक निकाय र दूतावासका लागि सामग्री लिएर आएको हो,’ विमानस्थलस्थित स्रोतले वर्ल्ड दैनिकसँग भने, ‘यो पहिलो पटक आएको होइन, यसअघि पनि कूटनीतिक नियोगका सामग्री लिएर आउने गरेको छ ।’

विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौं आएको जहाज पौने १२ बजे फर्किएको छ । स्रोतका अनुसार ‘अमेरिकी दूतावास र कूटनीतिक नियोगका सामग्री लिएर शुक्रबार बिहान आएको जहाज फर्किसकेको छ ।"

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित