सार्वजनिक विरोध गरेको भिडियो खिच्ने पत्रकार पक्राउ
- वर्ल्ड दैनिक
- १ साल अघि
- १३८ पटक पढिएको
१८ महिनाकी बालिकाको बलात्कारपछि हत्या भएको भन्दै सर्वसाधारणले सार्वजनिक विरोध गरेको भिडियो खिच्ने पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैंचाको गछियामा मंगलबार सर्वसाधारणले पूर्व–पश्चिम राजमार्ग दुई घण्टा जाम गरेका थिए । ट्राफिक जामका क्रममा प्रहरीले पत्रकार सम्झना राईसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन ।
बालिकाको परिवारलाई क्षतिपूर्ति र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै स्थानीयले धर्ना दिएका छन् । घटनामा तीनवटा बसमा आगजनी गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी पत्रकार राईले आफूले भिडियो खिचिरहेको र आन्दोलनमा सहभागी नभएको बताइन् । पक्राउ परेकी राई मोरङको उर्लाबारीबाट सञ्चालन हुने पूर्वी कमाण्ड अनलाइनमा काम गर्छिन् ।
प्रतिक्रिया दिनुहोस