खोप अनिवार्य गरिएपछी क्यानडामा विरोध प्रदर्शन

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • २३८ पटक पढिएको

ट्रक चालकहरूलाई कोरोनाको खोप अनिवार्य गरिएपछी क्यानडामा विरोध प्रदर्शन गरिएको छ । ट्रक चालकहरुलाई साथ दिंदै अन्य हजारौं आमनागरिकहरु पनि प्रदर्शनमा उत्रिएका छन् ।

क्यानडामा भैरहेको प्रदर्शनका कारण असुरक्षित महसुस गर्दै प्रधानमन्त्री जस्टिन, सपरिवार राजधानी ओटावास्थित आफ्नो घर छाडेर गएको तर कुन ठाउँ गए भन्ने कुरा थाहा नभएको बीबीसीले जनाएको छ ।

ट्रक चालकहरुले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक तेर्स्याएर यातायात सेवा अवरुद्ध पारेका छन् । जसको कारण क्यानडाको राजधानी ओटावा ठप्प भएको बीबीसीले जनाएको छ ।

सुरक्षामा खटिएका प्रहरीहरुलाई प्रदर्शनकारीले धम्की दिएको र सित्तैमा खानेकुरा माग्दै रेष्टुरेन्टका कर्मचारीहरुलाई दुर्व्यवहार गरिएको  समाचार सुन्नमा आएको छ । एक जना सैनिकको चिहानमाथि एक महिला नाच्दै गरेको भिडियो सार्वजनिक भएपछी त्यसको थुप्रै आलोचना भएको छ । ओटावा प्रहरीले यस्ता घटनाहरु सत्य हो या हैन त्यसबारे छानविन गरिरहेको जनाएको छ ।

प्रधानमन्त्री ट्रुडोले सानो संख्यामा रहेकाहरु भनेर हल्कामा लिएको प्रदर्शनकारी अहिले व्यापक हुँदै गएको छ । क्यानडा सरकारले यही जनवरी १५ तारिखमा कोरोनाविरुद्धको खोपसम्बन्धी निर्णय गर्दै खोप नलगाएका क्यानेडियन ट्रक चालकहरूले अमेरिका-क्यानडा सीमा वारपार गर्न खोप लगाएको हुनुपर्ने आदेशलाई हटाउनुपर्ने आवाज प्रदर्शनकारीहरुले उठाउँदै आएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित