दक्षिण अफ्रिकाको संसद् भवनमा आगलागी
- वर्ल्ड दैनिक
- २ साल अघि
- ३३६ पटक पढिएको
दक्षिण अफ्रिकाको केप टाउनमा रहेको संसद् भवनमा भीषण आगलागी भएको छ । संसद् भवनको छानामा आगोको मुस्लो देखिए संगै आकाश पुरै धुँवाले ढाकेको भिडियोहरु अन्तराष्ट्रिय संचार माध्यमहरुले प्रशारण गरेका छन् ।
स्थानीय समय अनुसार बिहान ७.३० मा भिषण आगो र धुवाँको मुस्लो देखिएपछि अग्निनियन्त्रकहरू भवनमा उपस्थित भएको जनाईएको छ । सांसद नजिक शान्ति नोबेल पुरस्कार विजेता डेसमन्ड टुटुलाई अन्त्येष्टी गरेको केही घण्टापछि आगालागी सुरु भएको बताईएको छ ।
समाचार अनुसार आगो नियन्त्रणका लागि दर्जनौं अग्नी नियन्त्रकहरु परिचालन गरिएको छ । के कारणले आगलागी भयो भनेर स्पष्ट हुन सकेको छैन । सहरको आपत्कालीन सेवाका प्रवक्ताले समाचार एजेन्सी एएफपीलाई आगो नियन्त्रण बाहिर भएको र भवनको भित्ताहरु चर्किएको बताएका छन् ।आगलागी भवनको तेस्रो तल्लामा रहेको कार्यालयबाट लाग्न सुरु भएको र भवनमा फैलिएको बताईएको छ ।
समाचार अनुसार आगलागीमा कोहि पनि व्यक्ति घाइते भने भएको छैन । संसद् भवनमा तीन वटा सेक्सन रहेका छन् । सबैभन्दा पुरानो भवनमा सन् १८८४ मा निर्माण भएको थियो । नयाँ सेक्सनको भवन ८० को दशकमा निर्माण भएको हो ।
दक्षिण अफ्रिकामा राज्यका तीन अंगका राजधानी फरक फरक ठाउँमा छन् । कार्यापालिका प्रिटोरिया, व्यवस्थापिकाको केप टाउन र न्यायपालिको ब्लामफोन्टेनमा रहेको छ । तर सबैभन्दा ठूलो शहर भने जोहानेसबर्ग हो । तस्बिर : एएफपी