आईपीएल र टी२० विश्वकप यूएईमा हुने सम्भावना, भारत आउन चाहँदैनन् अन्तर्राष्ट्रिय खेलाडी
- वर्ल्ड दैनिक
- ३ साल अघि
- ९५१ पटक पढिएको
धेरै खेलाडीहरू कोरोना संक्रमित भएपछि आईपीएलका खेलहरू स्थगित गरिएको छ। यससँगै अक्टोबर महिनामा हुन लागेको टी२० विश्वकप पनि अनिश्चित बनेको छ । बीसीसीआईले यी दुवै टुर्नामेन्टलाई सेप्टेम्बरदेखि नोभेम्बर महिनासम्मका लागि यूएईमा गराउने कोशिश गरिरहेको बुझिएको छ ।
आईपीएलको यस सीजनमा अझै ३१ वटा खेल हुन बाँकी छन् ।
सेप्टेम्बर १४ मा इंग्ल्यान्डविरुद्ध इंग्ल्यान्डमा टेस्ट सिरीज सकिएपछि यो टुर्नामेन्ट गराउने कोशिश हुँदैछ ।
भारत र इंग्ल्यान्डका खेलाडी बायोबबलमा नै हुने भएकाले यूएईमा उनीहरूलाई बायोबबलमा जोडिन गाह्रो हुने छैन ।
यस्तो अवस्थामा बीसीसीआईले सेप्टेम्बर २५ तिरबाट अक्टोबरको दोस्रो हप्तासम्ममा आईपीएल आयोजना गर्ने योजना छ ।
विश्वकप यूएईमा गराउने घोषणा केही दिनभित्र गरिन सक्छ । बीसीसीआईले आईपीएलसँग जोडिएका विदेशी खेलाडीलाई पहिले नै यूएई बोलाउने र त्यसपछि उनीहरू लीग सकेर विश्वकपमा आआफ्नो राष्ट्रिय टोलीमा मिसिने योजना छ ।
भारतमा नोभेम्बर महिनामा कोरोनाको तेस्रो लहर आउने सम्भावना रहेको बताइएको छ त्यसैले विश्वकप आयोजना भारतमा हुने देखिँदैन । अनि भारतमा बायोबबलको प्रयोग सफल नभएपछि विदेशी खेलाडी भारत भ्रमण गर्न हिचकिचाइरहेका छन् ।
यूएईमा सन् २०२० को आईपीएलमा बायोबबल सफल भएको थियो ।