नेपालले खेल्ने आईसीसी महिला टी-ट्वान्टी विश्वकप छनोट नोभेम्बरमा

  • वर्ल्ड दैनिक
  • २ साल अघि
  • ७०० पटक पढिएको

काठमाडौं । नेपालले सहभागिता जनाउने आईसीसी महिला टी-ट्वान्टी विश्वकप-२०२३ को एसिया छनोट अन्तर्गत समूह ‘बी’ छनोट खेलको नयाँ मिति तय भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण एसिया छनोट ‘बी’ को नयाँ मिति तय गरेको हो ।

 

 

आईसीसीले सार्वजनिक गरेको नयाँ मिति अनुसार छनोट खेल आगामी नोभेम्बर २२ देखि २८ सम्म मलेसियामा आयोजना हुनेछ ।

यस अघि छनोट खेल सेप्टेम्बर २० देखि २६ सम्म हुने तालिका रहेको थियो ।

छनोट प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, भुटान, चीन, हङकङ, कुवेत, म्यानमार र युएईले प्रतिस्पर्धा गर्ने छन् ।

यस संस्करणको महिला टी-ट्वान्टी विश्वकप दक्षिण अफ्रीकामा हुनेछ ।

आठौं संस्करणको प्रतियोगिता फेब्रुवरी ९ देखि २६ सम्म आयोजना हुनेछ । प्रतियोगितामा १० राष्ट्रले सहभागिता जनाउने छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित