पीएसएल युएईमा गर्न पाकिस्तानको प्रस्ताव
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १०६२ पटक पढिएको
एजेन्सी । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेटको बाँकी खेलहरु युएईमा आयोजना गर्नका लागि तयारी सुरु गरेको छ ।

पीसीबीले प्रतियोगिता आयोजनाका लागि युएई क्रिकेट बोर्ड समक्ष प्रस्ताव लगेको छ ।
फ्रेन्चाईज टिमले बाँकी रहेको खेलहरु युएईमा आयोजना गर्न आग्रह गरेपछि पीसीबीले युएईसामु प्रस्ताव गरेको हो ।
पीएसएलमा सहभागी ६ टिमले कराँचीमा तय भएको बाँकी खेल युएईमा गर्न पीसीबीलाई आग्रह गरेको थियो ।
कोरोना भाईरसको दोस्रो लहर बढेसँगै फ्रेन्चाईज टिमले बाँकी खेल पाकिस्तानमा नगराउन आग्रह गरेको हो ।
कोरोनाको कारण रोकिएको प्रतियोगिताको बाँकी खेलहरु जुन २ बाट हुने तालिका रहेको छ ।
यस्तै फाइनल खेल जुन २० मा कराँचीमा हुने तालिका रहेको छ ।
गत संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) पनि युएईमा आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस