CSIR सर्वेक्षण – "धूम्रपान गर्ने र शाकाहारीहरूमा सेरो-पोजिटिभिटी कम"
- वर्ल्ड दैनिक
- ३ साल अघि
- १००९ पटक पढिएको
१४० डाक्टर र वैज्ञानिकहरुको टोलीले गरेको यो अध्ययनले १०,४२७ वयस्क व्यक्ति र उनीहरुका परिवारका सदस्यहरुको अनुसन्धान गरेको थियो ।

इण्डियाको एक शीर्ष अनुसन्धान संस्था (काउन्सिल अफ साइंटिफिक एण्ड इण्डष्ट्रियल रिसर्च) ले गरेको सर्वेक्षण अनुसार धूम्रपान गर्ने र शाकाहारी व्यक्तिको सेरो पोजिटिभिटी कम पाइएको थियो । साथै ‘ओ’ रक्त समूह भएका व्यक्तिमा कोरोनाको संक्रमण कम पाइएको थियो ।
कोभिड १९ श्वास प्रश्वास सम्बन्धी रोग भएतापनि धूम्रपानले श्लेष्म उत्पादन गर्ने भएकाले कोभिड विरुद्धको सुरक्षाको पहिलो रेखाको रुपमा काम गरिरहेको भन्ने वैज्ञानिकको अनुमान छ ।
यो अनुसन्धानले फाइबर युक्त शाकाहारी खानाले कोभिड विरुद्ध लड्नको लागि प्रतिरोधात्मक क्षमता उत्पादन गर्न सक्ने देखाएको छ । फाइबर युक्त शाकाहारी खाना एन्टी इन्फ्लामिटरी भएकाले यसले पेटमा माइक्रोबायोटालाई परिमार्जन गर्न सक्दछ, परिणाम स्वरुप शरीर कोभिड विरुद्ध लड्न तयार हुन्छ ।
सर्वेक्षणले रक्त समूह ‘ओ’ भएकाहरुलाई संक्रमण हुने सम्भावना कम भएको र, ‘बी’ र ‘एबी’ बढी जोखिममा भएको नतिजा निकालेको छ ।
रक्त समूह ‘एबी’ को सेरो पोजिटिभिटी सबैभन्दा बढी देखिएको थियो । त्यसपश्चात् सेरोपोजिटिभिटी ‘बी’ मा थोरै कम र सबैभन्दा कम ओ रक्त समूहमा देखिएको थियो । सेरोपोजिटिभिटी जति कम उति कोभिड सँग लड्न शरीर प्रबल हुने अनुसन्धानको निचोड छ ।
यो अनुसन्धानले के पनि भनेको छ भने, यो नतिजा आउँदैमा धूम्रपान गर्ने व्यक्ति र शाकाहारी समूह जोखिममा नै नभएको भने होइन । उनीहरु पनि उत्तिकै जोखिममा रहेको अनुसन्धानले बताएकाे छ ।